तपोवन क्षेत्र धार्मिक तिर्थ स्थलका रुपले परिचित छ । तलकोट गाउँपालिका अन्तरगतको वडा न १ मा अवस्थित यो तिर्थ स्थल बझाङ्गको सदरमुकाम चैनपुर बाट झण्डै ५ कि मि पुर्व तर्फको सिमानामा पर्दछ । सेति नदीको किनारामा मुलको माध्यामबाट निस्कने बाफ सहितको तातोपानीको स्वरुप नै यस पवित्र स्थलको मुख्य पहिचान हाे । यस खालका पानीका मुलहरु नदीको वारी र पारी दुबै किनारामा अवस्थित तपोवन क्षेत्र तलकोट गाँपालिका भित्र पर्दछ भने त्यसैको ठिक पारी पट्टीको भाग मष्टा गाउँपालिकामा पर्दछ । भौगोलिक अवस्थितका अाधारमा तपोवन क्षेत्रको भुभाग वारी र पारी गरी दुइ अलग अलग भागमा खण्डित भएको देखिता पनि सुन्दरताका दृिष्टकोणले अत्यन्तै मनोरम र अखण्डित जस्तो देखिन्छ ।
नदिको दुवै किनारामा तातो पानीका मुलहरु छन र ति मुलहरुबाट निस्कने पानीलाइ साना साना पोखरी बनाइ त्यही संचित गर्ने गरिएको छ । दुवै किनाराको अालि माथि तिर चौरहरु छन भने तिनै चैरहरुमा ठिक वारी र पारी अामनेसामनेमा पर्ने गरी दुइ वटा साना साना मन्दिरहरु बनाइएका छन । यो दृष्यले जो कसैको मनलाइ प्रफुलित बनाउदछ भने अाँखामा मनोरमता छाउने काम गर्दछ ।